२१ बैशाख २०८१, शुक्रबार
नेपालमा खेल पर्यटन विकास गर्न कोरियामा गोष्ठी

  • टाइम्स संवाददाता

  • २२ माघ २०८०, सोमबार १६:५३

काठमाडौँ  :   नेपालमा खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यसहित मङ्गलबार दक्षिण कोरियाको राजधानी सोलमा ‘स्पोर्ट्स ग्लोबल टुरिजम–२०२४’ विषयक एक दिने गोष्ठी हुने भएको छ ।

नेपाली राजदूतावास दक्षिण कोरिया, एनआरएनए आइसिसी ग्लोबल एनआरएन फाउन्डेसन, हानयाङ्ग युनिभर्सिटी, र एमआइटी ग्रुप फाउन्डेसनको संयुक्त आयोजनामा हुने गोष्ठीको प्रमुख लक्ष्य खेल पर्यटनसँग सम्बन्धि क्षेत्रको ज्ञान, सीप र प्रविधि अनुभव आदानप्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि गतिशील प्लेटफर्म स्थापित गर्ने रहेको आयोजकले जनाएको छ।

गोष्ठीमा नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक विकासको लागि खेल पर्यटनको सम्भाव्यतालाई उजागर गर्नमा केन्द्रित रहने र खेल पर्यटन तथा राष्ट्रिय विकासको क्षेत्रमा प्रख्यात विशेषज्ञहरूको अनुभव आदानप्रदान हुनेछ । गोष्ठीमा साहसिक खेल, हरित उर्जा लगायत सम्भावित विषयहरूमा कोरिया लगायत अन्य देशबाट आफ्नो शोध, खोज अनी अनुभव समेटेर विज्ञहरुले कार्यपत्र समेत प्रस्तुत गर्नेछन् ।

Nabintech