२१ बैशाख २०८१, शुक्रबार
प्रदूषण बढाउँदै घोडाघोडी नगरपालिका

  • टाइम्स संवाददाता

  • २२ माघ २०८०, सोमबार १६:५७

कैलाली  :   कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले फोहोरलाई मोहर बनाउने कार्यमा अगाडि बढिरहँदा अन्य पालिकाले भने फोहाेर व्यवस्थापनको नाममा दुर्घन्ध फौलाइरहेको स्थानीयले आरोप लगाएका छन् ।

यो साता घोडाघोडी नगरपालिकाले फोहाेर व्यवस्थापनका लागि सामुदायिक वनमा थुपारेको फोहाेरमा आगो लगाउँदा आसपासका बस्तीमा नराम्रो असर परेको छ । घोडाघोडी, लक्ष्मीपुर, हिम्मतपुर मुक्त कमैया बस्तीका स्थानीयले फोहाेरबाट निस्केको धुवाँले दुईतीन दिन सास फेर्न, आँखा हेर्न समस्या भएको गुनासो गरेका छन् ।

घोडाघोडी गाउँका सुरेश ढकालले फोहाेरमा लगाइएको आगोको धुवाँले आफूलाई साह्रै अप्ठ्यारो पारेको बताउनुभयो । उहाँले दिउँसोको समयमा प्रदूषित धुवाँ माथि माथि फैलिए पनि रातीको समयमा हावाको वेग कम हुहा धुवाँ चारैतिर फैलिदा गाउँबस्तीका बासिन्दालाई श्वाससप्रश्वासमा समस्या भएको बताउनुभयो ।

 

Nabintech