२१ बैशाख २०८१, शुक्रबार
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसमा सन्चारकर्मी सम्मानित

  • टाइम्स संवाददाता

  • २२ माघ २०८०, सोमबार १७:२३

कोहलपुर   :   प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाँके शाखाले सोमबार आयोजना गरेको मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा ब्क्ताहरुले सन्चार माध्यमसँग सहकार्य गरी अघि बढ्दा विकास निर्माण लगायतका गतिविधिहरु प्रभावकारी हुने बताएका थिए

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखहरूले मिडिया र सरकारबिच सहकार्य र समन्वय अति आबशयक भएको बताएका थिए । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विकास निर्माणलगायत विभिन्न जनसरोकारका विषयमा सञ्चार माध्यमसँग सहकार्य गरेर अगाडीबढने प्रतिबद्धातासमेत जनाएका थिए ।लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले स्थानीय तह र सञ्चार माध्यमबिचको दुरीलाई नजिक बनाउनु पर्ने बताउदै    सन्चार माध्यम र सन्चार कर्मीहरुको दिगो बिकासको लागी आफुले आवाज उठाउने बताएका थिए

 

नगर प्रमुख विष्टले नगरपालिकाले ‘सञ्चार नितीलाई सन्चारकर्मीहरुसग सहकार्य गरेर कार्यान्वयनमा ल्याइने बताए ।त्यसै गरि
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले सञ्चार माध्यमको दिगो बिकासको लागी आफु कटिबद्ध हुने बताए ।
। प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार झलक गैरे र सरला सुवेदीलाई सम्मान गरिएको थियो यसैगरी प्रेस चौतारी कोहलपुर शाखाले चौतारी स्थापना दिवसको अवसरमा पत्रकार वैकुण्ठ अधिकारी र प्रबित्रा परियारलाई स्व। दुर्गाप्रसाद बेल्बासे स्मृति पुरस्कारबाट पुरस्कृत गरेको थियो   मिडियाको दिगोपनको बिषयमा प्रेस चौतारी पुर्व केन्द्रिय उपाध्यक्ष शिव डोटेलले सहजीकरण गरेका थिए

 


कार्यक्रममा प्रेस चौतारी केन्द्रिय सचिब सुस्मा पौडेल   प्रेस चौतारी  लुम्बिनी प्रदेश सह इन्चार्ज रुद्र सुबेदी ,केन्द्रि सदस्य एबं बाके इन्चार्ज डिल प्रकास गौतम प्रेस चौतारी बाँकेका सस्थापक सदस्य झलक गैरे लागयतले मन्तब्य राखेका थिए ।

Nabintech