२१ बैशाख २०८१, शुक्रबार
पूर्वमन्त्री बुढाथोकीको निधन

  • टाइम्स संवाददाता

  • २३ माघ २०८०, मंगलवार १३:२८

काठमाण्डाै  :  पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–८ का बुढाथोकी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारकै क्रममा गएराति विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिनुभयो ।

२०४३ सालमा उहाँ राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि जलस्रोत राज्यमन्त्री बन्नुभएको थियो । २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

Nabintech