२१ बैशाख २०८१, शुक्रबार
आज सुरक्षित इन्टरनेट दिवस

  • टाइम्स संवाददाता

  • २३ माघ २०८०, मंगलवार १३:३०

काठमाण्डाै  :  आज सुरक्षित इन्टरनेट दिवस नेपालसहित विश्वका एक सय ७० वटाभन्दा धेरै देशमा मनाइँदैछ । ‘राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथै’ नाराकासाथ दिवस मनाउन लागिएको हो ।

दिवसले सरकार, नीति निर्माता, निजी क्षेत्र, सूचना प्रविधि क्षेत्र र अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आ–आफ्ना जिम्मेवारी निर्वाह गर्न गराउन पैरवी गर्नेछ । साथै सुरक्षित इन्टरनेटको लागि बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, विद्यालय, सङ्घसंस्था तथा अन्य सरोकारवालालाई एकताबद्ध हुन आह्वान गर्नेछ । सन् २००४ देखि नै हरेक वर्ष फेब्रुअरी महिनामा विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको भए पनि नेपालमा सन् २०१९ देखि मात्र दिवस मनाउन थालिएको हो ।

Nabintech