१२ श्रावण २०८१, शनिबार
जनसङ्ख्याको दुई प्रतिशतमा दुबी भएको अनुमान

  • टाइम्स संवाददाता

  • २३ माघ २०८०, मंगलवार १३:३४

काठमाडौं  :  धेरैलाई छालामा सेतो दाग आउने समस्याले सताउने गर्छ । शरीरका विभिन्न भागमा सेतो वा खैरो रङको दाग आउने समस्यालाई दुबी भनिन्छ । छालारोग विशेषज्ञ डा. ईशा पौडेल कोइरालाका अनुसार छालाको रङ्ग बनाउने मेलानोसाइट्स कोषको नष्ट भएपछि दुबी हुन्छ । दुबी फैलिने र नफैलिने गरी दुई प्रकारका हुन्छन् ।

उहाँ भन्नुहुन्छ, “शरीरमा टिसेल नामक कोष हुन्छ जसलाई रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता भनिन्छ । टिसेलले मेलनासाइट नष्ट गरेपछि दुबी हुन्छ ।”

नेपालमा यकिन तथ्याङ्क नभए पनि छालामा समस्या भएर अस्पताल आउने ३० देखि ४० जनामध्ये दुई जनामा दुबीको समस्या देखिने चिकित्सक बताउँछन् । विश्वमा जनसङ्ख्याको दुई प्रतिशतमा दुबी भएको अनुमान गरिएको छ ।

सेतो दाग दुबी नहुन पनि सक्छ ?

चिकित्सकका अनुसार हरेक सेतो दाग दुबी हुँदैन । छालामा सेतो दाग घाउ निको भएर, छालामा क्यान्सर हुनुभन्दा पहिले पनि छालामा सेतो दाग हुने डा. कोइराला बताउनुहुन्छ । यो समस्या देखिँदैमा नआत्तिन उहाँको सुझाव छ । डा. कोइरालाका अनुसार दुबी हुँदा छालामा सेतो, कालो दाग देखा पर्दछन् । चिकित्सकले छाला जाँच गरेपछि मात्र दुबी भए नभएको पत्ता लगाउन सकिने डा.कोइराला बताउनुहुन्छ ।

दुबीले अन्य अङ्गमा असर गर्दैन 

दुबी कुनै रोग होइन यो छालाको समस्या हो । यसले अन्य अङ्गमा असर नगर्ने चिकित्सक बताउँछन् । डा.कोइरालाका अनुसार दुबी छुँदैमा सर्दैन ।

रोगप्रतिरोधात्मक क्षमताको कमी, वंशाणुगत, मेलनाइट्स कमीले दुबी हुन्छ । दुबी हातखुट्टाका औला, ओठ, कपाल, परेला, घाउ भएको ठाउँमा आउने सम्भावना बढी हुन्छ ।

Nabintech