२२ बैशाख २०८१, शनिबार
चपरगौडि ,घुइयाबारी लाइफलाइन सडक खण्ड हो : मन्त्री ज्वाला

  • टाइम्स संवाददाता

  • २५ माघ २०८०, बिहीबार १३:३८

कोहलपुर :  बाँके राष्ट्रिय निकुन्जका कारण केही समय अबरोध रहेको चपरगौडी निबुवा हुदै सल्यानको घुइयाबारी जाने सडक खण्डको कामलाई दु्रत गतिमा अगाडी बढाउनको लागी भौतिक पुर्वधार तथा यातायत मन्त्री प्रकास ज्वालाले स्थलगत अनुगमन गरेको छन । निकुन्ज क्षेत्र भित्र बिकासका कामहरु गर्नको लागी कठिन हुदै गएकोले यसको सहजताको लागी संसदमा छलफल भइरहेको बताए । कोहलपुरको चपरगौडि हुदै सल्यानको घुइयाबारी जोडने यो सडक दुई जिल्ला बीचको लाइफलाइन भएको भौतिक पुर्वधार तथा यातायत मन्त्री प्रकाश ज्वालाले बताए । यो सडक खण्ड निकै महत्वपुर्ण र ब्यापारिक करिडोरको सडक खण्ड भएकोले निकुन्जको नितीलाई संशोधन गरेर भए पनि यो सडकको कामलाई तिब्रता दिने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।


पछिल्लो कामको प्रगति र कठिनाइको बिषयमा स्थलगत अनुगमन गरेर यस क्षेत्रकमा पछिल्लो समय भइरहेको काम र समस्या समेत बुझेका थिए ।
सडक डिभिजन कार्यालय नेपालगन्जका सि.डि.ई. निरज शाक्यले अहिले सडकको दायाँबाँया पक्की नाली र माटो पटान र अन्य कामहरु भइरहको कोहलपुर टाइम्सलाई जानकारी दिए। चपरगौडि हुदै सल्यानको घुइयाबारी जोडने यो सडकमा अहिले ८ करोड बजेट बिनियोजन भएको छ । दुई जिल्ला जोडनको लागी यो सडक खण्ड महत्वपुर्ण भएको र कृषि जन्य बस्तुहरुको बजारिकरणको लागी समेत कोसेढुंगा साबित हुने कोहलपुर १२ चपरगौडिकी स्थानीय नारायणी वलीले बताइन ।

 

 


स्थालगत अनुगमनमा कोहलपुर नगरपालिका वडा नं का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह , कोहलपुर मध्यबर्ती ब्यवस्थापन समितीका अध्यक्ष ओम प्रकाश वली , राजनैतिक दलका प्रतिनिधी र सरोकारवाल निकायहरुको सहभागिता रहेको थियो

Nabintech