२२ बैशाख २०८१, शनिबार
यातायात कार्यालय कोहलपुरमा हुनु पर्ने माग गर्दै भौतिक पुर्वधार तथा यातायात मन्त्री ज्ञापन पत्र

  • टाइम्स संवाददाता

  • २५ माघ २०८०, बिहीबार २०:०३

कोहलपुर:   नेपालगन्जमा रहेको यातायात कार्यालय कोहलपुरमा हुनु पर्ने माग गर्दै सामाजिक सरोकार मन्च कोहलपुरले भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई ज्ञापन पत्र बुझाएको छ ।
पहिले यातायात कार्यालय राजमार्गको छेउमा रहेको र अहिले कसैको ब्यक्तिग स्वार्थको लागी नेपालगन्जको भित्री सडकमा सारिएकोमा सबैलाई असुबिधा भएको भन्दै सामाजिक सरोकार मन्चका संयोजक राजेन्द्र कुमार श्रेष्ठले यातायात मन्त्री ज्वालालाई ज्ञापन पत्र बुझाएका हुन ।ज्ञापन पत्र बुझदै मन्त्री ज्वालाले मन्त्री परिषदको बैठकमा कुरा राख्ने आश्वासन दिएका थिए । पछिल्लो समयमा यातायात कार्यालय नेपालगन्जको भित्री कुनामा सरेपछि सेवा ग्रही मर्कामा पर्दै आएका छन

Nabintech