२२ बैशाख २०८१, शनिबार
दुई दर्जन बढी सरकारी कार्यालय प्रमुख विहीन

  • टाइम्स संवाददाता

  • २६ माघ २०८०, शुक्रबार ०८:४३

हुम्ला :   हुम्लामा  दुई दर्जन बढी सरकारी कार्यालयहरू कार्यालय प्रमुख विहीन भएको पाइएको छ । लामो समयदेखि कार्यालयहरू प्रमुख विहीन भएपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदीले सङ्घ तथा प्रदेश सरकारका जिल्लास्थित संरचनाहरूमा  दुई दर्जन बढी सरकारी कार्यालयहरू प्रमुख विहीन अवस्थामा रहेको बताउनुभयो । उहाँले कतिपय कार्यालय प्रमुख जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर गएको भए पनि कतिपय भने कुनै जानकारी दिएर नगएको कारण कता छन् भन्ने पत्तोसम्म नभएको बताउनुभयो । त्यसरी कार्यालयलाई प्रमुख विहीन बनाएर जिल्ला बाहिर गएका कार्यालय प्रमुखहरू डेढ महिनासम्म जिल्लामा नफर्किएको पाइएको छ । ती कार्यालय प्रमुख जिल्ला बाहिर सञ्चालन भएका तालिम, गोष्ठी र बैठकमा भाग लिन गएको भए पनि चिसो छल्नका लागि जिल्लामा नफर्किएको समेत देखिएको छ । उहाँले जिल्ला बाहिर गएका कार्यालय प्रमुखहरू एक देखि तीन दिने कार्यक्रमका लागि  गएको भए पनि हालसम्म फिर्ता नभएको देखिएको बताउनुभयो ।

Nabintech