२२ बैशाख २०८१, शनिबार
खोरेत राेगविरुद्धको खोप अभियान

  • टाइम्स संवाददाता

  • २६ माघ २०८०, शुक्रबार ०८:४५

कपिलबस्तु :  कपिलबस्तुमा पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले तौलिहवामा राखेको खोरेत रोग उन्मूलन अभियान भयाक्सिनेटर अभिमुखीकरण कार्यक्रममा सो जानकारी गराइएको हो ।

केन्द्रका प्रमुख डा. प्रवेज आलमका अनुसार लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७६।०७७ देखि नै खोरेत रोग नियन्त्रणका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । जसअन्तर्गत चालु आर्थिक वर्षमा कपिलवस्तु जिल्लामा पहिलो चरणमा ५० हजार पशुहरुमा खोरेत विरुद्धको खोप अभियानको सुरुवात गरिएको उहाँले बताउनुभयो।

Nabintech