२२ बैशाख २०८१, शनिबार
गुलेली र मटेङ्ग्रा वितरण

  • टाइम्स संवाददाता

  • २६ माघ २०८०, शुक्रबार ०८:४९

  गुल्मी :  गुल्मीमा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ ग्वादीका बाँदर पीडित किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरिएको छ । गाउँमा बाँदर आतङ्क बढेपछि यहाँका किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरेको हाे ।

बाँदर धपाउनका लागि सबैको अठोटका साथ नेपाली काँग्रेस गुल्मीले उक्त गुलेली र मटेङ्ग्रा किसानलाई वितरण गरेको हो । सबल वडा, सक्षम टोल’ अन्तर्गत रहेर ग्वादीका किसानहरूलाई गुलेली र मटेङ्ग्रा वितरण गरिएको नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बताउनुभयो । स्थानीय ८१ वर्षीय चन्द्रमणी बरालले गुलेली र मटेङ्ग्रा पाएपछि खुसी हुँदै बाँदर धपाउन सजिलो हुने बताउनुभयो । किसानहरूलाई गुलेली र मटेङ्ग्रा निःशुल्क रूपमा वितरण गरिएसँगै स्थानीय पार्टी र नेताहरू पनि किसानका समस्यालाई बुझेर घरदैलोमा आएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

Nabintech