२१ बैशाख २०८१, शुक्रबार
टहरोमा हवाई टावर

  • टाइम्स संवाददाता

  • २७ माघ २०८०, शनिबार ११:३३

मुगु  :  रारा विमानस्थलको हवाई टर्मिनल टावर २० वर्षदेखि काठको टहरोमा छ । २०६० कार्तिक २ गतेदेखि कच्ची धावन मार्ग मार्फत् काठको टहरोबाटै जहाज उडान र अवतरण सुरु गरिएको थियो । तर त्यो २० वर्ष बित्दासम्म पनि निरन्तर छ । सुविधायुक्त टावर निर्माण भएको छैन । सरकारले ०७६ सालमै ८ करोड ६५ लाख बजेट बिनियोजन गरी टर्मिनल भवन निर्माण गर्ने काम थालेको थियो । तर ६ वर्ष बित्दा पनि सो भवन बनेको छैन । काठको टहरोबाटै जहाज उडान र अवतरण गर्ने गरिएको छ ।

टर्मिनल बिल्डिङको निर्माण कार्यको जिम्मा ओम बुद्ध इनटरनेशनल कन्ट्रक्सन प्रालिले लिएको छ । २०८० चैत समान्तसम्म टर्मिनल भवन निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ काम भइरहेको कन्ट्रशन अफ टर्मिनल बिल्डिङ एण्ड रारा विमानस्थलका आयोजना प्रमुख महेश नेपालीले बताए ।

अहिलेसम्म करिब ६५ प्रतिशत काम भएको छ। धावन मार्गको माथिल्लो भागमा सल्लाको काठको फ्ल्याकले वरिपरि घेरेर निर्माण गरिएको टावर हुरी बतास लागे हल्लिने गरेको छ । एक तले टहरोभित्र उपकरण राखेर कर्मचारीले नेपालगञ्जदेखि तारा, समिट, सीता र नेपाल एयरलाइन्सका जहाज डाक्ने र उडाउने गर्दै आएका छन् ।

Nabintech