२२ बैशाख २०८१, शनिबार
कोहलपुरमा महिला क्रिकेट प्रतियोगीता शुरु

फोटो फिचार सहित


  • टाइम्स संवाददाता

  • २७ माघ २०८०, शनिबार १४:२३

कोहलपुर :  बाँकेको कोहलपुरमा राष्ट्रियस्तरको महिला क्रिकेट प्रतियोगीता शुरु भएको छ सुशिल कोइराला मेमोरियल अन्डर १९ महिला क्रिकेट प्रतियोगितालाई क्यानको बार्षिक कार्यक्रममा समेटिने बताइएको छ ।
कार्यक्रमका प्रमुख अथिति सबिधान सभा सदस्य एबं पुर्व मन्त्री अमर सिहं पुनले बलिङ गरेर प्रतियोगिताको उद्धघान गर्दै लुम्बिनी प्रदेश , कर्णाली प्रदेश र सुदुर पश्चिमको हबको रुपमा रहेको यो क्रिकेट मैदानको स्तर उन्नतीको लागी सक्दो प्रयास गर्ने बताए ।
प्रतियोगिता कोहलपुर नगरपालिकाको आयोजना ,कोहलपुर नगर खेलकुद बिकास समितिीको ब्यवस्थापन र क्यानको प्रबिधीक सहयोगमा कोहलपुरको प्रस्ताबित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको छ ।


कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आर्चायले क्यानको सहयोगको कारण राष्ट्रियस्तरको महिला क्रिकेट प्रतियोगीता सचालन गर्न सफल भएको बताए । क्यानको निरन्तर सहयोगको अपेक्षा समेत नगर प्रमुख आर्चायले गरेका छन ।
कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुबेदीले अब कोहलपुरबाट महिला क्रिकेट खेलाडी उत्पादन हुने र नगरपालिकाको यस्ता कार्यक्रममा पुर्ण सहयोग हुने बताइन ।

 

 

Nabintech