२३ बैशाख २०८१, आईतवार
शैक्षिक क्षेत्रमा अब्बल बन्दै गोरखा युनाइटेड

  • टाइम्स संवाददाता

  • २७ माघ २०८०, शनिबार १७:३६

कोहलपुर  :  कोहलपुर नगरपालिकाको वडा नं २ मा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलले ११ औ अभिभाबक दिबस सम्पन्न गरेको छ ।
राजनैतिक दलका नेताहरुलाई प्रमुख अथिति बनाएर दिबस मनाउने परम्परालाई गोरखा युनाइटेड पब्लिक स्कुलले अन्त्य गरेको छ । बिद्यालयलाई राजनैतिक थलोको रुपमा प्रयोग गर्न हुदैन भन्ने मान्यतालाई यस स्कुलले थालनी गरेको कार्य प्रशंसनीय रहेको अभिभावकहरुले कोहलपुर टाइम्सलाई बताए ।


कार्यक्रमको प्रमुख अथिति ब्रम्हा कुमारी ईश्वरीय बिश्वबिद्यालय राजयोग प्रशिक्षण केन्द्रिय उपाध्यक्ष दुर्गा कुमारी शर्माले समय सापेक्ष अनुसार बिद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न सफल भएको बताइन । बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर यस बिद्यालयले ब्यवहारिक ज्ञान तर्फ पनि त्यतिकै सचेत भएको कार्यक्रममा बताएकी थिइन ।

 

अभिभाबक दिबसको अबसरमा बिभिन्न बिधा तर्फ खेलकुदका कार्यक्रम भएका थिए । बिद्यार्थीहरुले मार्च पास गरेका थिए । कार्यक्रम हास्यब्यग्य,नृत्य, स्थानीय कला सस्कृतिको प्रस्तुति, बिज्ञान प्रर्दशनी,कविता ,समुह ट्यालेन्ट चित्रकलाको अन्तिम नतिजना प्रस्तुत गरिएको थियो । मैत्रीपुर्ण खेल समेत भएको थियो ।


बिद्यालयका सस्थापक केशर बहादुर आलेले अभिभाबक ,बिद्यार्थी प्रबिधी मैत्री, बातावरणीय संरक्षणका सवालहरुमा केन्द्रित हुदै अन्तरािष्ट्रयस्तरमा प्रतिस्पर्धाको लागी गुणस्तरी शिक्षा प्रदानका लागी कटिबद्ध रहेको बताएका थिए ।

 


बिद्याथीहरुलाई प्रयोगात्मकरुपमा किराहरुकोबारेमा जानकारी दिनको लागी किटजन्य जिबबैकको स्थापना भएको छ ।
यस बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुले भान्सा देखि करेसाबारी सम्मको काम गर्न सक्ने शिक्षा बिद्यालयले प्रदान गर्दै आएको छ ।

कार्यकमको स्वागत मन्तब्य बिद्यालयका प्रिन्सिपल साधना थापाले गरेकी थिइन भने कार्यक्रम सन्चालन अरुण थापाले गरेका थिए ।

  

 

 

Nabintech