१९ बैशाख २०८१, बुधबार
पाचौँ कोहलपुर महोत्सवमा झुमे दर्शक

  • टाइम्स संवाददाता

  • २८ माघ २०८०, आईतवार ०५:३३

बाँके : कोहलपुर ११ न्युरोड खुल्ला मैदानमा चलिरहेको पाचौँ प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव(२०८० मा शनिबार दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ ।
कोहलपुर क्षेत्रमा सुविधा सम्पन्न घरेलु तथा औद्योगिक संग्राहलय र अनुसन्धान केन्द्र स्थापना गर्ने उद्देश्यसहित सुरु भएको महोत्सवमा शनिबार उल्लेख्य मात्रामा दर्शक सहभागी भएका थिए।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरको आयोजनामा भएको महोत्सवमा शनिबार हजारौं दर्शक सहभागी भएको आयोजकले जानकारी दिएको छ।
महोत्सव संयोजक अध्यक्ष हेमविक्रम जिसीले आफूले सोचे अनुसार नै महोत्सव सञ्चालन भइरहेको बताउनुभयो । महोत्सवको महत्वपूर्ण कार्यक्रमको रुपमा टक शो समेत राम्रोसँग चलिरहेको बताउनुभयो । तेस्रो दिन तीन जना कलाकारका साथमा दर्शक झुमेका थिए । तेस्रो दिन चर्चित गायक भुमिका गिरी, खेम सेन्चुरी र पुस्कल शर्माले दर्शकलाई भरपुर मनोरञ्जन दिनुभयो ।
महोत्सवमा अहिलेसम्मकै धेरै दर्शक शनिबार उपस्थित भएको आयोजकले दाबी गरेको छ। शनिबार मेलामा आउने दर्शकको उल्लेख्य उपस्थितिले आयोजकलाई हौसला मिलेको अध्यक्ष जि सि ले जानकारी दिनुभयो ।

महोत्सवको चौथो दिन (२८ गते) ज्योति मगर,कुलेन्द्र विश्वकर्मा, मोडल अस्मिता पुरीको प्रस्तुति रहने भएकोले उपस्थित हुन आयोजकले आम सर्बसाधारणलाई अनुरोध गरेको छ।

Nabintech