२७ बैशाख २०८१, बिहीबार
विश्व जोखिम सूचकाङ्कमा फिलिपिन्स अग्रस्थानमा

  • टाइम्स संवाददाता

  • २९ माघ २०८०, सोमबार ०९:०६

मनिला :  विश्व जोखिम सूचकाङ्क सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ

प्यासिफिक रिङ्ग अफ फायरमा अवस्थित द्वीपसमूह प्रायः शक्तिशाली टाइफुनहरू, फ्ल्याश बाढी र पहिरो, भूकम्प र ज्वालामुखी विस्फोटबाट बढी प्रभावित हुने गरेको छ ।

भर्खरै दक्षिणी फिलिपिन्समा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।

यसैबीच उद्धारकर्मीहरूले हराइरहेका ६३ जनाको खोजीमा माटो र भग्नावशेष निकाल्ने कामलाई तीव्रता दिएका छन ।

फेबुअरी ६ को साँझ डाभाओ डे ओरो प्रान्तको माकोको पहाडी शहरमा पहिरोमा परी थुप्रै घर, सवारी साधन र मानिसहरू पुरिएका थिए ।

माको शहरको प्रकोप रोकथाम कार्यालयले कम्तिमा ३२ जना घाइते भएको तर दुर्घटनाबाट बाँच्न सफल भएको बताएको छ ।

पहिरोले माको नगरपालिकाका चार गाउँका १ हजार ३ सय ४७ घरपरिवारका ५ हजार ४३१ जना प्रभावित भएको स्थानीय अधिकारीले बताएका छन् ।सिन्ह्वा

Nabintech