३१ बैशाख २०८१, सोमबार
शिब शक्ति आधारभुत बिद्यालयमा बिद्यार्थीहरु जिवन उपयोगीसिप र आत्मरक्षाका कुरा सिक्दै

  • टाइम्स संवाददाता

  • २९ माघ २०८०, सोमबार १७:०८

कोहलपुर  :  बिद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमीत नगरेर उनीहरुको दैनिक जीवनमा उपयोगमा आउने क्रियाकलापमा शिब शक्ति अधारभुत बिद्यालयले बिद्यार्थीहरुलाई अध्ययन गराउन थालेको छ । बाँकेको कोहलपुरमा रहेको सामुदायिक बिद्यालय शिब शक्ति आधारभुत कोहलपुर क्षेत्रमै नमुना बिद्यालय बन्न थालेको हो पाठ्यक्रमा भएका बिषयबस्तुहरुलाई बिद्यार्थीहरुले प्रयोगात्मकरुपमै प्रयोगमा ल्याउनको लागी यस्ता क्रियाकलापले महत्वपुर्ण भुमिका खेल्ने कोहलपुर नगरपालिका नगरउप प्रमुख संगिता सुबेदीले बताइन । उपप्रमुख सुबेदीले यो बिद्यालयबाट अरु सामुदायिक बिद्यालयले पनि सिको गर्नु पर्ने बताइन ।

 


कोहलपुर नगरपालिकाको वडा २ मा रहेका दुइबटा बिद्यालयमा नमुना कार्यक्रमको रुपमा किशोरीहरुको लागी आत्म रक्षाको लागी खेल कार्यक्रम शुूरु भएको हो । बिशेष गरेर बिद्यालयका बिद्यार्थीहरुलाइृ तेक्वान्दोका माध्यमा बाट आत्म रक्षाको साथै तेक्वान्दो विशुद्ध खेल मात्र नभएर स्वस्थ, तन्दुरुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्यायाम पनि हो थप प्रभाबकारी थप प्रभाबकारी बनाउनको लागी वडा बजेट बाट बिद्यालयमा यस्ता प्रकारका कार्यक्मलाई प्रथमिकता दिएको कोहलपुर नगरपालिका वडा न२ का वडा अध्यक्ष हरि कठायतले बताए ।


कृषि तर्फ बिद्यार्थीहरुलाई उन्मुख गर्नको लागी बिद्यार्थीहरुको सक्रियतामा बिद्यालयमा च्याउ , हरियो साग, खुसार्नी,धनिया काउली ,लसुन लगायत तरकाली उत्पादन गरेका छन बिद्यार्थीहरुले आफनो घरमा खाली रहेको करेसा बारी प्रयोगमा ल्याउनको लागी प्रेरणा पुग्ने बिद्यालयका प्रध्यायनध्यापक बद्रि सापकोटाले बताए ।

Nabintech