२६ बैशाख २०८१, बुधबार
हाइजम्पमा तक्षशिला एकेडेमी कोहलपुरका मिलनको नयाँ रेकड

  • टाइम्स संवाददाता

  • १ फाल्गुन २०८०, मंगलवार ०८:४५

  कोहलपुर  :  बाँके जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत हाइजम्पमा तक्षशिला एकेडेमी कोहलपुरका मिलन बिश्वकर्माले आफ्नो पुरानो रेकर्ड तोड्दै नया कीर्तिमान कायम गरेका छ्न। आठवटा स्थानीय तहबिचको प्रतिस्पर्धामा कोहलपुर नगरपालिकाबाट सहभागी भएका तक्षशिला एकेडेमी कोहलपुरका कक्षा ११ मा अध्ययनरत प्रतिभाशाली छात्र विश्वकर्माले पुरानो रेकर्ड तोडी नयाँ रेकर्ड १.६५मिटर बनाई जिल्लामा प्रथम स्थान हासिल गरेको आयोजकले जनाएको छ। उनी जिल्लाभर बाट प्रथम भए सङै प्रदेश स्तरीय हाइजम्पका लागि छनोट भएका हुन। आफ्नो छात्रको उत्कृष्ट खेलले बिधालयको मात्र नभै कोहलपुरकै नाम राखेको  तक्षशिला एकेडेमी कोहलपुरका अध्यक्ष बिष्णुप्रसाद बेल्बासेले जनाए।

Nabintech