२३ बैशाख २०८१, आईतवार
नेपालगन्ज नाकाबाट निकासी वृद्धि

  • टाइम्स संवाददाता

  • २ फाल्गुन २०८०, बुधबार १०:४०

नेपालगन्ज  :पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाका रूपमा रहेको नेपालगन्ज नाकाबाट गत केही वर्षदेखि घट्दै गएको जडीबुटी निकासी चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार गत आव २०७९/८० को छ महिनाको तुलनामा चालु आवको छ महिनामा जडीबुटी निकासी ३६ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले दिएको जानकारी अनुसार गत आव २०७९/८० को छ महिना महिनामा यो नाकाबाट २५ करोड ५२ लाख ९७ हजार रुपियाँको जडीबुटी निकासी भएकोमा चालु आव २०८०/८१ को साउनदेखि पुस महिनासम्म छ महिनाको अवधिमा ३४ करोड ८९ लाख ३६ हजार रुपियाँको जडीबुटी निकासी भएको छ ।

Nabintech