१६ बैशाख २०८१, आईतवार
कोहलपुरको नयाँ बसपार्कबाट म्याद गुज्रिएका सामान बरामत

  • टाइम्स संवाददाता

  • २ फाल्गुन २०८०, बुधबार ११:०७

कोहलपुर  :  कोहलपुर नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । कोहलपुरको नयाँ बसपार्कमा गरिएको अनुगमनमा अधिकाशं पसलहरुमा म्याद सकिएका पेयपदार्थ भेटिएको कोहलपुर नगरपालिका बजार अनुगमन समिती एबं उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उप शाखा प्रमुख अग्नि प्रसाद आर्चायले जानकारी दिएका छन ।
कोहलपुरको नया बसपार्कमा रहेका अधिकाश पसलहरु कुनै पनि निकायमा दर्ता नभएको पाइएको छ । बियर कोकाकला , फेन्टा र तेल गरि ४० हजार बराबरको सामान जफत गरिएको थियो । जफत गरिएको सामान जिल्ला प्रसासन कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ । संयुक्त अनुगमन टोलिमा जिल्ला प्रसासान कार्यालय , कोहलपुर नगरपालिका , घरेलु तथा साना उद्योग , बार्णिय कार्यालय र इलाका प्रहरी कार्यालयको टोलि रहेको थियो

Nabintech