१५ बैशाख २०८१, शनिबार
अग्रज ब्यक्तित्वको अनुभब सुन्दै तक्षशिलाले मनायो बार्षिकउत्सव

फोटो फिचर सहित


  • टाइम्स संवाददाता

  • २ फाल्गुन २०८०, बुधबार २०:२७

कोहलपुर :  झट् हेर्दा लाग्छ कुनै टेलिभिजन कार्यक्रमको बहस चहिरहेको छ । परिसम्बाद चलिरहेको छ ,सबैको ध्यान मन्चतिर केन्द्रित रहेको छ । त्यस्तो कुनै टेलिभिजन वा रेडियो सम्बाद होइन । बास्तमा हो के भने परम्परागत शैली भन्दा पृथक पन दिएर बिद्यालयले एक अन्तर सम्बाद कार्यक्रम गरेको हो ।
बाँकेको तक्षशिला एकेडेमीले अग्रज ब्यक्तिका कुरा ,अनुभब सुनाउदै बिद्यार्थी र अभिभाबकलाई थप उर्जा प्रदान गरेको छ ।
बिद्यालय भनेको ज्ञानगुनका कुरा सिक्ने थलो मात्र नभएर अग्रजका कुरा सुनेर पनि केही ज्ञान सिक्न सकिन्छ भन्ने उदेश्यका साथ अन्तर सम्वाद कार्यक्रमका माध्यमबाट अग्रज ब्यक्तित्वको कुरा सुन्ने अनि बिद्यार्थीहरुलाई अगाडी बढनको लागी थप हौसला प्रदान हुने बाकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमी स्कुल अध्यक्ष बिष्णु प्रसाद बेल्लबासेले बताए ।


अन्तरसम्वाद कार्यक्रमका मुख्य ब्यक्ति कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आर्चाय, इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुन्दर तिवारी , कोहलपुर नगरपालिका शिक्षा अधिकृत शिला गौतम, बागेश्वरी क्याम्पसका प्रमुख दान वहादुर हमाल डाक्टर दिल बहादुर सत्याल रहेका थिए । अन्तर सम्वाद कार्यक्रमको सन्चालन खोपीराम वली क्षेत्रीले गरेका थिए ।
सबै ब्यक्तित्वले आफना अनुभब , जिवनका आरोह अबरोह अहिले कसरी सफलता प्राप्त भयो भन्ने बिषयममा आफना अनुभब राखेका थिए ।कोहलपुर क्षेत्रमै तक्षशिला एकेडेमीको यो बार्षिकउत्सव मनाउने कार्यक्रम बिद्यार्थी र अभिभाबकहरुको लागी प्रभाकारी भएको अभिभावकहरुले  बताए ।
प्रमुख अथिति समेत रहेका कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आर्चायले यो जनप्रतिनिधीको लागी त अत्यन्त उपयोगी र आफना बिचारलाई समुदाय सम्म पुराउनको लागी प्रभाबकारी भएको बताएका थिए । शैक्षिक गुणस्तरको लागी तक्षशिला एकेडेमी कोहलपुर क्षेत्रमै एक अब्वल बिद्यालय रहेको बताएका थिए । यस बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु बहुआयामिक बनाउनको लागी बिद्यालय लागी परेको उनले बताए ।


बिद्यार्थीहरुको चौतर्फी बिकासको लागी तक्षशिला एकेडेमीले उदाहरणीय काम गर्दै आएको शिक्षा अधिकृत शिला गौतमले बताइन । तक्षशीला एकेडेमी बिद्यालय शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । बिद्यार्थीहरुको लागी यस बिद्यालयले स्मार्ट बोर्डका माध्यमबाट अध्यापन गराउदै आएको छ ।


खेल्दै सिक्दै र उनीहरुको मनोभावना अनुसार बिद्यार्थीहरुलाई पढाउदै आएको बिद्यालयले जनाएको छ । हाइजम्प खेल तर्फ जिल्लामै प्रथम भएका मिलन बिश्वकर्मालाई बिद्यालयले सम्मान समेत गरेको थियो ।भने बिभिन्न बिद्यामा प्रथम ,द्धितिय ,तृतिय हुनेहरुलाई बिद्यालयले पुरस्कार समेत प्रदान गरेको थियो ।सिमति ब्यक्ताबाट शुरु भएको कार्यक्रममा कुनै राजनैतिक दलको प्रतिनिधित्व थिएन । बिद्यालयमा राजनैतिक थलो हुनु हुदैन भन्नेमा बिद्यालय सचेत रहेको देख्न्छि । शैक्षिक गुणस्तर प्रदानको लागी बिद्यालय कोहलपुरका सस्थागत बिद्यालयमा अब्बल रहेको अभिभाबकको भनाइ रहेको थियो । सास्कृतिक कार्यक्रम सहित बिद्यालयले ८ औ बार्षिक उत्सव सम्पन्न गरेको छ ।

 

Nabintech