१० पुष २०८१, बुधबार
कपिलवस्तुमा बस दुर्घटना : १० जनाको ज्यान

  • टाइम्स संवाददाता

  • ३ फाल्गुन २०८०, बिहीबार ०८:४०

 कपिलवस्तु  :   कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । ४० जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डाैका लागि छुटेकाे  सुनौलो महाकाली  यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट तल खसेको हो ।

मृतकहरूको परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको  छ । अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते ११ जना भने सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

Nabintech