१६ बैशाख २०८१, आईतवार
दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट दिदी- बहिनीको मृत्यु

  • टाइम्स संवाददाता

  • ३ फाल्गुन २०८०, बिहीबार ०८:४६

 दाङ :   दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट एकैघरका दिदी- बहिनीको मृत्यु भएको छ । स्कारपियोले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ बर्षीया राधा बस्नेत र उहाँकी बहिनी १६ बर्षीया विपना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिनुभएको छ

उहाँका अनुसार बुधबार करिव सवा ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गईरहेको प्रदेश नम्वर ३–०१–०२२ च–१३६९ नम्बरको स्कारपियोले  सोही दिशातर्फ गइरहेको साइकललाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो ।

स्कारपियोको ठक्करबाट गम्भीर घाइते हुनुभएकी राधालाई उपचारका लागि   लमही अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता मल्लले जानकारी दिनुभएको छ ।

बहिनीलाई सिसहनियामा प्रारम्भीक उपचारपछि थप उपचारका लागि क्रिमसन अस्पताल रुपन्देही पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो । उक्त सवारी साधन नियन्त्रणमा लिईएको र स्कारपियो चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

Nabintech