१६ बैशाख २०८१, आईतवार
बाल शिक्षा माध्यमिक बिद्यालयले ३० औ बार्षिक उत्सव सम्पन्न

  • टाइम्स संवाददाता

  • ३ फाल्गुन २०८०, बिहीबार ०८:५६

कोहलपुर   :  कोहलपुर वडा न१३ मा रहेको बाल शिक्षा माध्यमिक बिद्यालयले ३० औ बार्षिक उत्सव सम्पन्न गरेको छ । २०५० सालमा स्थापना भएको यो बिद्यालको भौतिक संरचाना भने सुधार हुन नसकेको प्रअ तर्क बहादुर खत्रीले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
बार्षिकउत्सवमा बिद्यालयका बिभिन्न बिद्यामा बिद्यार्थीहरुलाई पुस्कार बितरण गरिएको थियो । बिद्यालयले कृषि प्राबिधीक धारकोरुपमा बिद्यालयलाई स्थापित गर्नको लागी सबैको सहयोगको उपक्षेपा समेत गरेको बताइएको छ । पढदै कामउदै कार्यक्रमलाई प्रभाबकारी बनाउन नगरपालिकाले सहयोग गर्नु पर्ने अभिभाबकहरुले बताएका थिए । यस परियोजना अनुसार माहुरी पालन र च्याउखेतीलाई गरिदै आएको छ । कोहलपुर नगरपालिका वडा न१३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले यस बिद्यालयको भौतिक संरचना निर्माणको लागी अफुले नगरपालिकासग समन्वय गर्ने प्रबिद्धता समेत जनाएका थिए । कार्यक्रममा पुर्व प्रअ ,शिक्षकहरुलाइ सम्मान गरिएको थियो ।

Nabintech