१५ बैशाख २०८१, शनिबार
श्रीमानले हानेको गोली लागेर महिला प्रहरीको ज्यान गयो

  • टाइम्स संवाददाता

  • ४ फाल्गुन २०८०, शुक्रबार १०:०४

 दाङ :  दाङको घोराहीमा श्रीमानले हानेको गोली लागेर ड्युटीमा खटिएकी महिला प्रहरीको ज्यान गएको छ ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला गएराति गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार थापालाई आफ्नै श्रीमान प्रहरी सहायक हबलदार यमबहादुर झाँक्रीले गोली हानेका हुन् । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत झाँक्री हिजो घोराही आएर थापाको हत्या गरेका हुन् । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली हान्ने झाँक्रीलाई प्रहरीले राति नै पक्राउ गरेको छ ।

Nabintech