डडेलधुरा : आफूलाई जङ्गलको राजा भनेर चिनाउँदै आएका राउटे समुदाय पछिल्लो समय गाउँमै बसेर कृषि व्यवसायमा लाग्न थालेका छन् । घुमन्ते शैलीमा जङ्गली जीवन बिताइरहेका राउटे समुदायले तरकारी खेती गर्न थालेपछि परशुराम नगरपालिका–१२, आमपानीमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण गरिएको थियो ।
दुई वर्षपहिले ६५ लाख रुपियाँ लागतमा निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना हाल भने जीर्ण बनेको छ । आमपानी गाउँतल रहेको रङ्गुन खोलाबाट लिफ्ट गरी गाउँमाथिको ट्याङ्कीमा पानी पुर्याइएको हो ।
गाउँमाथिको ट्याङ्कीबाट आमपानीमा बस्दै आएका राउटे समुदायको खेतबारीमा सिँचाइ गर्ने उद्देश्यले प्रदेश सरकारको करिब ६५ लाख रुपियाँ लागतमा योजनाको निर्माण गरिएको हो ।