२८ बैशाख २०८१, शुक्रबार
काठमाण्डौमा निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थपियो

  • टाइम्स संवाददाता

  • ५ फाल्गुन २०८०, शनिबार ०७:४४

   काठमाण्डौ  : काठमाण्डौका विभिन्न ठाउँमा लगाइएको निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थप भएको छ । काठमाण्डौ प्रशासनले निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो ।

प्रशासनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको हो । यसअघि मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न नपाइने भन्दै निषेधित क्षेत्र तोकिएको थियो ।

मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गरेको कार्यक्रमका कारण प्रशासनले निषेधित क्षेत्र तोकेको थियो । त्यसपछि पुस ४ गते प्रशासनले दुई महिनाका लागि निषेधित क्षेत्र लम्ब्याएको थियो ।

Nabintech