२८ बैशाख २०८१, शुक्रबार
संघीय संसदका महासचिव विरुद्दकाे रिटकाे पेशी फागुन ८ गते

  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०८०, आईतवार ०६:२४

काठमान्डौ :  संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयसँग दुई वटा नागरिकता र पासपोर्ट भएको भनी अधिवक्ता अनिल आचार्यले सर्वाेच्चमा दायर गरेको रिट निवेदन फागुन ८ गतेका लागि पेशी तोकिएको छ ।

संघीय संसदको महासचिव जस्तो सार्वजनिक र गरिमामय पदमा त्यस्तो व्यक्ति नियुक्त हुनु भनेको संविधान र कानुनको विपरित भएको भन्दै अभिवक्ता आचार्यले फागुन ३ गते सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए ।

सर्वाेच्च अदालत नियामावली, २०७४ को नियम ४०(२) (घ), ४१ समेतको अपव्याख्या गर्दै पाण्डेयको नियुक्ति भएको भन्दै आचार्यले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय र संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयलाई विपक्ष बनाउँदै रिट दायर गरेका थिए ।

२०४६ असार २८ गते पहिलो पटक लिएको नागरिकताको प्रमाणपत्रमा संघीय संसद सचिवालयका महासचिव पाण्डेयको जन्म मिति २०२६ असोज १५ गते कायम देखिन्छ भने नागरिकता हराएको भनि उनले दोस्रो पटक नागरिकता लिँदा २०६६ भाद्र ८ मा ६ वर्ष घटाएर २०३२ पुस २६ कायम गरेको प्रष्ट छ ।

Nabintech