२८ बैशाख २०८१, शुक्रबार
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी र आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०८०, आईतवार १९:५०

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष र भट्टलाई आयल निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।  बैठकले चण्डिका भट्टलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले अरु पनि नियुक्ति तथा नीतिगत निर्णय गरेको छ । यद्यपि सबै निर्णय भने सार्वजनिक गरिएको छैन । अब हुने नियमित पत्रकार सम्मेलनमा निर्णय जानकारी गराइने सञ्चारमन्त्री शर्माले बताइन् ।

Nabintech