२३ बैशाख २०८१, आईतवार
नमुना बिद्या सदनका बिद्यार्थी प्रबिधीतर्फ लम्कदै

  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०८०, आईतवार २०:०३

कोहलपुर  :  बाँकेको कोहलपुरमा रहेको नमुना बिद्या सदनका बिद्यार्थीहरुले आबिस्कारको दुनियामा नयाँ आयाम थप्ने काममा लगनशील भएको देख्न्छि । झट् हेर्दा आबिष्कार केन्द्रले नयाँ प्रबिधीलाई भित्राउन थालेको जस्तो अनुभुति जो भएको देख्न्थ्यिो ।
बिज्ञान क्षेत्रमा रुचिएका बिद्यार्थीहरुले सिमीत श्रोत र साधनको प्रयोग गरेर , फोहोर प्रसोधन , बायो ग्याँस, सोलार स्टिम ,सोलारबाट सिंचाइ प्रबिधी , अटोमेटिक लाइट प्रबिधीलाई प्रर्दशनीमा राखेका थिए । भने १ मिनेटमा जो कोहीको पनि रक्त समुह छुटाउने ब्योमेट्रिक ल्याब पनि प्रर्दशनीमा रहेको थियो ।

 


नमुना बिद्या सदनका बिद्यार्थीहरुले साच्किै नमुनाको रुपमा प्रर्दशनी गरेको पाइन्छ। बिद्यार्थीहरुको यो प्रबिधी युक्त सृजनालाई बिद्यालयले पनि निकै उत्साहीतरुपमा सहजीकरण गरिदिदै आएको छ ।बिद्यालयमा बहुप्रतिभाशाली बिद्यार्थीहरु रहेको बिद्यालयले बताएको छ । बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रमा राख्न हुदैन भन्ने मान्यता यस बिद्यालयको रहेको निर्देशक शिव डाँगीले बताए ।
बिद्यार्थीहरुलाई घरयासी कामकाजमा पनि क्रियाशील बनाउनको लागी पाक शिक्षामा बिद्यार्थीहरुलाई सिप सिकाइदै आएको बिद्यालयमा आयोजना गरिएको फुड फेस्टिबलले स्पस्ट देखिन्छ ।


भबिष्यमा डाक्टर र पाइलट मात्र होइन दक्ष कुक पनि बन्न सकिन्छ यसको पनि ठुलो सम्भावन भएको बिद्यार्थीहरुले बताए ।
पछिल्लो समयमा उपयुक्त ब्याम र खानपिन नमिल्दा मानिसको स्वास्थ्य बिग्रदै गएको सबैलाई अबगत रहेको छ ।तर नमुन बिद्यासनका बिद्यार्थीहरुले भने आर्गनिक खानालाई प्रर्दशनीमा ल्याएर आम मानिसको ध्यान केन्द्रित गर्न सफल भएका छन ।बिषादी युक्त खाना होइन आर्गानिक खानालाई प्राथमिकता दिनु पर्ने प्रर्दशनीमा रहेका बिद्यार्थीहरुले बताएका छन ।

 

 


बिद्यालयले पनि जङफुडलाई निषेध गर्दै आएको छ । हरेक बिद्यार्थीले आफनो घरमा आर्गानिक उत्पादनलाई जोड दिदै आएको पाइएको छ ।
बिद्यालयले बिज्ञान प्रर्दशनी , फुड फेस्टिवल , परम्परागत सस्कार पनि बिद्यालयबाटै शुरु गरेकोमा अभिभाबकहरु खुसी ब्यक्त गरेका थिए । अहिले समाज डिस्को तर्फ उन्मुख भएको बेला परम्परागत भेषभुसा र संस्कारलाई जोगाउनु पर्छ भन्ने सोचमा लागेको पाइन्छ।
बिद्यालयको खेलकुद , शैक्षिक गतिबिधी ,अन्य बिद्याहरुमा सफलता पाएका बिद्यार्थीहरुलाई पुस्कार बितरण गरिएको थियो ।
सस्थागत बिद्यालयहरु मध्ये यो बिद्यालय बिद्यार्थीहरुको बहुआयामिक बिकासको लागी अगाडी बढेको पाइन्छ ।

 

 


कार्यक्रमा कोहलपुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष लाल बहादुर राना , कोहलपुर नगरपालिका आर्थिक बिकास समिती संयोजक अनिता बिसी, कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाल ,इलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पी सुन्दर तिवारी र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

 

 

Nabintech