२३ बैशाख २०८१, आईतवार
आजदेखि पाँच दिनसम्म देशका धेरै ठाउँमा मौसम बदली, हल्का वर्षाको सम्भावना

  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०८०, सोमबार ०८:०४

काठमाण्डाै   :  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज सोमवारदेखि आउँदो शुक्रवारसम्म देशका धेरै ठाउँमा आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुसार  मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा रहेकाले आजदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा तथा बाग्मती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार बिहीवारदेखि शुक्रवारसम्म बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरुमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यसैगरी, आज सोमवार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भेगका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मंगलवारदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाग्मती र कोशी प्रदेशका एक–दुई ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।

Nabintech