२८ बैशाख २०८१, शुक्रबार
जाजरकोटमा भूकम्प पछि यौन हिंसाका घटनामा वृद्धि

  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०८०, सोमबार १०:२३

जाजरकोट :  जाजरकोटमा भूकम्प पछिका त्रिपालमा बस्दै आएका महिलाहरू यौन हिंसामा पर्ने क्रम बढ्दै गएको पाइएको छ । भूकम्प पछि त्रिपालमा बस्दै आएका भूकम्प जाजरकोटको नलगाड नगरपालिकाकी एक महिला गत कार्तिक २६ गते त्रिपालमा सुतिरहेको बेला राती बलात्कृत हुनु भएको छ ।

बलात्कार गरेको आरोपमा स्थानीय गोपाल बादीलाई घटनाको भोली पल्टै प्रहरीले पक्राउ गरेको छ । जर्वजस्ती करणी गरेको अभियोग सहित प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गराई  पिडक अहिले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेका छन् ।

छेडागाड नगरपालिकाकी १३ बर्षीया एक बालिका गत मङ्सिर २३ गते गोठालो गएको बेला जङ्गलमा उनी दिउसै बलात्कृत हुनु पर्‍यो । बलात्कार गरेको अभियोगमा छेडागाड नगरपालिकाका २२ वर्षीय दीपक बुढा पक्राउ परेका छन् । जर्वजस्ती करणी गरेको अभियोगमा उनी विरुद्ध पनि  जिल्ला अदालतमा मुद्दा दर्ता भई हाल पुर्पक्षका लागि थुनामा छन् ।

Nabintech