२८ बैशाख २०८१, शुक्रबार
नेपालमा निराश हुँदै जाने र‍ मनोरोगी हुने क्रम बढ्याे

  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०८०, सोमबार १४:१८

काठमाण्डाै  :  नेपालमा पछिल्लो समय मानिसहरु निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढिरहेको छ ।

नेपालमा ८५ लाखभन्दा बढी मानिसमा कुनै न कुनै किसिमको मानिसक समस्या रहेको अध्ययनहरुले देखाएको छ । नेपालको कुल जनसङ्ख्या मध्य ३० प्रतिशतभन्दा बढीमा मानसिक समस्या रहेको सरकारी तथ्याङ्क छ ।

मानसिक स्वास्थ्यसँगै जोडिएर पछिल्लो समय आत्महत्याको समस्या पनि बढ्दै गएको छ । सरकारको तथ्याङ्क अनुसार नेपालमा दैनिक १८ देखि २० जनाले आत्महत्या गर्ने गरेका छन् । मानसिक स्वास्थ्य समस्या र आत्महत्याको सिधा सम्बन्ध रहेको छ । ६० प्रतिशत आत्महत्याको कारण डिप्रेशन अर्थात गम्भीर प्रकारको उदाशीनतासँग सम्बन्धित छ । आत्महत्याको समग्र कारणमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या रहेको डाक्टरहरुको भनाइ छ ।

आर्थिक समस्या वा सम्बन्धमा देखा पर्ने दरार, प्रतिष्ठामा आउने आँचका कारण पछिल्लो समय मानिसहरुमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रुपमा पहिचान गरेको छ

Nabintech