५ जेष्ठ २०८१, शनिबार
तौल घटाएर चामल र चिउरा बिक्री गर्दै केएल दुगड उद्योग

  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०८०, सोमबार १६:३१

नेपालगन्ज  : उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्वमन्त्री अब्दुल खानसहितको टोलीले बाँकेका विभिन्न उद्योगको निरीक्षण अनुगमन गरेको छ ।

बाँके जिल्लाका केही ठुला उद्योगहरूको अनुगमन र निरीक्षणका क्रममा जिल्लाको पिपरहास्थित केएल दुगड उद्योगअन्तर्गत रहेको फुड प्रोडक्ट प्रालिले तौल कम गरेर खाद्यान्न बजारमा पठाउने गरेको पाइएको समितिका सभापति खानले बताउनुभयो ।

उहाँले सो उद्योगमा निरीक्षण गर्दा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि नियम बमोजिम जरिवाना र आवश्यक कारबाही गरिने जानकारी दिनुभयो ।  अनुगमनका क्रममा के एल दुगडले उत्पादन गरेको २० केजी चिउराको बोरामा १८/१९ केजी र ५० केजी अरुवा चामलको बोरामा २०० ग्राम तौल कम राखेर बिक्री गर्दै आएको पाइएको सभापति तथा पूर्वमन्त्री खानले बताउनुभयो ।

Nabintech