१९ बैशाख २०८१, बुधबार
मन्त्री ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुले गर्‍यो बागेश्वरी क्याम्पस अगाडी प्रदर्शन (भिडियो सहित )

  • टाइम्स संवाददाता

  • १० फाल्गुन २०८०, बिहीबार ११:३०

कोहलपुर : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको छ । अनेरास्ववियुका कार्यकर्ताले बिहान ९ बजे एकसाथ देशैभरिका क्याम्पस अगाडि बाट ड्रमर थाल बजाएर प्रदर्शन गरेको हो । सिहंदरवारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै क्याम्पसअगाडि प्रदर्शन गरेका थिए । यस्तै कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस अगाडी पनि स्वबियू सभापति देबेन्द्र बुढाको नेतृत्वमा बिद्यार्थीहरुले करिब २ घण्टा आन्दोलन गरेको थिए । उनीहरुले प्रकाश ज्वाला राजीनामा दे, प्रहरी दमन मुर्दाबाद, प्रचण्ड सरकार मुर्दाबाद, गठे सरकार मुर्दाबाद लगाएतका नारा गलाएका थिए । विद्यार्थीहरुले क्याम्पस गेटबाट सुरु गरेको आन्दोलन इलाका प्रहरी कार्यालय नजिक पुगेर कोण सभामा परिणत भएको थियो ।

ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल राजीनामा माग गरेका हुन् । सोही क्रममा बागेश्वरी क्याम्पसमा ज्वालाको राजीनामा माग्दै आन्दोलन गरेका थिए ।

सो घटनामा प्रहरीको गोली लागेर सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएकोको थियो। बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका ज्वालाले तत्कालै राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै अनेरास्ववियुका कार्यकर्ताले बुधबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजअगाडि मसाल जुलुस समेत निकालेका थिए ।

Nabintech