१० पुष २०८१, बुधबार
स्याङ्जाको वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान

  • टाइम्स संवाददाता

  • १० फाल्गुन २०८०, बिहीबार १३:५९

 स्याङ्जा :  स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ ।

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवम् प्रवर्द्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई  पाँच हजार रुपैयाँ अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताउनुभयो । हाते ट्र्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको हाम्रो परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि वडाले अभियानका रुपमा हल गोरु पाल्ने किसानलाई अनुदान दिने नीति अगाडि सारेको उहाँले बताउनुभयो ।

Nabintech