२४ बैशाख २०८१, सोमबार
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • १२ फाल्गुन २०८०, शनिबार १०:१७

देशको ७७ वटै जिल्लामा १८५ वटा शाखाहरु रहेको यस निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २०८० पौष मसान्त सम्ममा ग्राहक सदस्य संख्या ४०१,१०९, ऋणी संख्या १९९,१४३ र लगानीमा रहेको कर्जा रु. २५ अर्व ६२ करोड ७० लाख रहेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा मिति २०८० फाल्गुण ११ गते शुक्रबार निर्धन भवन, नक्साल, काठमाण्डौमा सम्पन्न भयो । संस्थाका संचालक समितिका अध्यक्ष श्री हरि कृष्ण पन्तको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष श्री पन्तले आ.व. २०७९÷८० को वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
यस वार्षिक साधारण सभाले सामान्य प्रस्ताव तर्फ आ.व. २०७९÷८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु लगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस संस्थाको आ.व. २०८०÷८१ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम श्री A.Nepal & Associates Chartered Accountants काठमाण्डौलाई बाह्य लेखापरीक्षक नियुक्त गरेको थियो ।
उक्त सभामा अध्यक्षको वार्षिक प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरु श्री डम्बरु वल्लभ घिमिरे, श्री निरुपमा गुप्ता, श्री गोविन्द के.सी, श्री सुदीप श्रेष्ठ र श्री सत्रुघ्न श्रेष्ठले साधारण सभामा आफ्नो राय सुझाव पेश गर्नु भयो । सो क्रममा  लघुवित्तका पिता डा.हरिहर देव पन्त ज्यूले निर्धन तथा विपन्न वर्गलाई सेवा पुरयाउने हेतुले २०४९ देखि लघुवित्त सेवासुरु गर्नु भएको हो । यस संस्थाले २५ औ वर्ष पुरा गरेको छ । स्थापना देखि हाल सम्म यस संस्थाले शोयरधनिहरुलाई राम्रै प्रतिफल दिंदै आएको छ । गत वर्ष २० प्रतिशत र आ.व.२०७७।७८ मा ३० प्रतिशत लाभांस दिएको थियो । यो संस्था नेपालकै राम्रो सार्वजनीक कम्पनीको रुपमा चिनिन्छ । ऋणीहरुमा ऋण तिर्नुपदैन भन्ने भ्रमले गर्दा असुलीमा प्रभाव परि संस्थाको निश्क्रिय कर्जा बढेकोले हालको अवस्था चुनौतीपुर्ण रहेको छ । जसले गर्दा संस्थाको नाफामा ७० प्रतिशतले हस भएको देखियो । यस अवस्थामा राज्यले सुरक्षाको प्रत्याभुति दिन नसकेको र सरकार मुकदर्शक भएर बसेकोमा चीन्ता प्रकट गर्नुभएको थियो । यसमा लघुवित्तमा देखिएका समस्याहरुको समाधानको लागि नेपाल राष्ट्र बैंक र सरकारको आवश्यक पहल जरुरी रहेको र संस्थाले कर्जा असुलीको लागि पहल गर्न सुझाव दिनुभयो । संस्थाका कर्मचारी शेयरधनी एउटै डुंगामा रहेको र संस्थाको जगेडा कोष राम्रो रहेकोले यसवर्ष लाभांस नदिएता पनि आगामी वर्ष कम्तीमा १० प्रतिशत लाभांस दिनेछ भन्ने अपेक्षा सत्रुघ्न श्रेष्ठले ब्यक्त गर्नुभयो । यसै क्रममा उहाँले नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई ऋण तिर्नुपर्छ भन्ने सन्देश प्रवाह गनुपर्ने र संस्थाले पनि ग्राहक सदस्यहरुसंग राम्रो ब्यवहार गरेर ऋण असुलीमा जोडदिन श्री श्रेष्ठले सुझाव दिनुभयो ।

म सुरु देखिकै सर्वसाधारण शेयरधनी हो विगतमा यस संस्थाको शेयर बजारमा प्रति कित्ता रु.८० भन्दा कममा पनि विक्रि भएको थियो । संस्थाले विगतमा राम्रै लाभांस दिदै आएकोमा हाल नेपाल राष्ट्र बैंकको कसिला नीतिको कारणले गर्दा लाभांसमा कमी आएको हो । संस्थाको Silver Jublee Year को अवसरमा थोरै भए पनि शेयरधनिहरुलाई लाभांस दिन सकेको भए राम्रो हुन्थ्यो । संस्थाले सामाजिक उत्तरदायित्व शिर्षकमा धेरै नै रकम सहयोग गरेको पाईएकाले सो सहयोगको उचित सदुपयोग भएको छ छैन ब्यवस्थापन÷समिति मार्फत अनुगमन गर्न सुझाव दिंदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना शेयरधनी सुदिप श्रेष्ठले ब्यक्त गर्नुभयो ।

यस सभामा सहभागि भईरहंदा लघुवित्त सेवा क्षेत्रका भिष्मपितामह डा.हरिहरदेव पन्तलाई नसम्झी सुखै हुदैेन । उहाँको नाम र काम सानैमा पढ्ने क्रममा सुनेको थिए, भैरहवामा सानो कार्यालय खोलेर शुरु भएको यस संस्थामा स्थापना कालका ब्यवस्थापक देवेन्द्र ब.राउत लाई समेत स्मरण गर्दै यस्तो सामाजिक आर्थिक कार्यको विरोध गरेर ग्राहक सदस्यलाई ऋण नतिर्न भडकाउने दुर्गा प्रसाई विरुद्ध खरो रुपमा उत्रिन र सुरक्षा दिन नसक्ने सरकार प्रति खेद प्रकट गर्नुभयो । नियामक निकायको समसामयीक कसिला नीतिले लाभांस दिन गाहे भए पनि वित्तीय अराजकता विरुद्ध लडनुपर्ने समय भएको साथै ग्राहकहरुलाई ऋण तिर्न र बचतकर्तालाई बचत गर्न र समयमै साँवा ब्याज तिर्न भन्दै हाम्रो निर्धन राम्रो निर्धन बनाउँ भन्ने सुझाव शेयरधनी गोविन्द के.सी.ले दिनु भयो ।

२५ वर्ष पुरा गरेको पब्लिक कम्पनीका हामी शेयरधनीहरुको यस वर्ष खाली हात भएकोमा दुःख लागेपनि विगतलाई सम्झीदा संन्तोषजनक नै रहेको छ । जगेडा कोष राम्रोे छ ईम्पेरीमेन्ट खर्च धेरै छ Critical अवस्था को कारणले निष्कृय कर्जा धेरै भएको हुंदा निष्कृय कर्जा घटाउन तर्फ अगाडी बढ्नु पर्ने बताउनु भयो । यस अवस्थामा संस्थाका रणनीति र कार्यनीति तथा क्रियाकलाप आवेगपुर्ण नभई विवेकपुर्ण तरिकाले निर्णय लिई कार्यान्वयन गर्न जरुरी भएको बिचार ब्यक्त गर्नुभयो । संस्थाको जिवनमा कहिले नाफा र कहिले नोक्सान जे भएपनि आगामी वर्ष राम्रो लाभांस दिने गरी कार्य गर्न र संस्थाले प्रदान गर्र्दै आएको छात्रवृत्तिका सम्बन्धमा १२ पास भएकालाई भन्दा पढ्नै नपाएका निर्धन परिवारका छोराछारीलाई पढाउन छात्रवृति दिन तथा नाम जस्तै काम गरेर सार्थक बनाउन जति सक्दो निर्धन परिवारलाई सहयोग पुरयाउन शेयरधनी निरुपमा गुप्ताले सुझाव गर्नु भयो ।

यस संस्थाकोे पहिलो साधारण सभा देखिनै म र अमृत नाथ रेग्मीले समयसापेक्ष सुझाव संस्थालाई दिंदै आएका हौ । खुशीको कुरा के भने सुझाव बमोजिम नै हामी संस्थाको आफनै भवनमा बसेर साधारण सभा गर्न पाएका छौ । देशमा रहेको हालको राजनीतिक, आर्थिक ब्यवस्था र त्यसबाट सृजित वातावरणले वित्तीय संस्थामा मन्द विषको रुपमा काम गरिरहेको छ । जस्ले गर्दा संस्थाले शेयरधनीहरुलाई दिने प्रतिफल हरेक वर्ष घटिरहेको छ । देशमा लगानीको वातावरण विग्रनुमा राजनीतिक अन्यौलता मुख्य कारण हो । फलस्वरुप लगानीको २५ औ वर्षमा हामी शेयरधनीको हात खाली हुने कालो दिन आउनुमा राजनीतिक प्रभाव भएकोले यसको विरुद्ध हामी सबैले आ(आफ्नो ठाँउबाट विरोधको अभियान चलाउनु पर्छ भन्दै संस्थाको ईतिहासमै पहिलो पटक लाभांस नपाएकोमा दुःख ब्यक्त गर्दै कर्मचारीलाई यस परिवेसमा कार्य संचालन गर्न निकै गाहे रहेता पनि चालु आ.व.को ५ महिना मात्र बाँकी रहेकोले आजै देखि कर्जा असुलीलाई जोड दिन र चालु वर्षमा राम्रो प्रतिफल दिन सक्ने बनाउन सुझाव दिदै सफलताको कामना शेयरधनी डम्बरु बल्लभ घिमिरेले गर्नुभयो ।

साधारण सभामा संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत श्री मुकेश दहालले शेयरधनीहरुले उठाएका जिज्ञांसाहरुको जवाफ दिनुका साथै संस्थाले आगमी वर्षमा शेयरधीहरुको सुझाव र अपेक्षा अनुरुप कार्यसंचालन ब्यवस्थापन गर्ने प्रतिवद्धता राख्दै आफनो मन्तव्य दिनु भएको थियो । वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित शेयरधनीहरुले सर्वसम्मतिबाट पारित गरेको घोषणा गरेका थिए । साधारण सभाको संचालन संस्थाका कम्पनी सचिव श्री जग्य प्रसाद पन्तले गर्नु भएको थियो ।

Nabintech