७ जेष्ठ २०८१, सोमबार
ढकेरी पार्क स्थानीय पर्यटको रोजाइ बन्दै

  • टाइम्स संवाददाता

  • १५ फाल्गुन २०८०, मंगलवार १४:२८

कोहलपुर  :  बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी क्षेत्र पूर्वाधार विकाससँगै स्थानीयहरुको आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्न थालेको हो

वनस्पति उद्यान सामुदायिक वनको उद्यानमा दैनिक ५० जनाको सङ्ख्यामा आन्तरिक पर्यटकको आउने गरेको  होटेल ब्यवसायि विश्वराज खनालले कोहलपुर टाइम्सलाई बताए । पछिल्लो समय बिदाको दिनमा पार्क घुमफिरको लागी नेपालगन्ज दाङको अमिलिया , कुसुम ,बबइ ल्गायतक स्थानबाट आन्तरिक पर्यटक आउन थालेका छन।

वनस्पति उद्यान घुम्न आउने आन्तरिक पर्यटकलाई ढकेरी बजारमा रहेका होटलले स्थानीय स्वाद चखाउने गरेका छन् । खास गरी यहाँ कुखुराको बँधिया भालेलाई साँधेर मौलिक परिकारका रुपमा आन्तरिक पर्यटकलाई खुवाउने गरिन्छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अहिले ढकेरी बजारमा साधारणदेखि सुविधासम्पन्न होटल व्यवसाय सञ्चालन भएका छन् ।

Nabintech