२३ बैशाख २०८१, आईतवार
दुग्ध उत्पादक जिल्ला सहकारी सघले ११ बुदे माग सहित ज्ञापन पत्र बुझायो

  • टाइम्स संवाददाता

  • १५ फाल्गुन २०८०, मंगलवार १८:०२

कोहलपुर   : भेरी दुग्ध उत्पादक जिल्ला सहकारी सघ बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखे्रल मार्फत कृषि तथा पशुपन्छी मन्त्रीलाई दुध उत्पादक कृषकहरुका समस्यालाई तत्काल समाधान गरिदिन भन्दै ज्ञापन पत्र बुझाएको छ ।
दुध उत्पादक कृषकहरुको प्रतिनिधत्व गर्दै जिल्ला प्रशासन कार्यालय बाँके पुगेर ज्ञापन पत्र बझाएका हुन । दुध बिक्रीबापत पाउनु पर्ने बक्यौदा रकम भुक्तानीको लागी ११ बुदे माग  समेत राखेका छन ।
२०८० मंसिर २८ मन्त्री स्तरीय सहमती भइ किसानहरुको बक्योदा रकम भुक्तानि गर्ने भनिए पनि हाल सम्म कार्यान्वय नभएको हुदा अब ८ बुदे माग सहित आन्दोलनको कार्यक्रम घोषण गरिएको भेरी दुग्ध उत्पादक जिल्ला सहकारी सघ बाँकका अध्यक्ष पुर्ण प्रसाद अधिकारीले कोहलपुर टाइम्सलाई बताए ।
८ बुदे मागमा ५ महिनाको अबधिमा सहकारी , प्राइभेट डेरी लगायतको ६ अर्ब भन्दा बढि रकम भुक्तानी नभएको हुदा तत्काल कार्यान्वय गरि भुक्तनीको लागी ब्यवस्था मिलाउनु पर्ने , हाल किसान हरुले भोग्दै आएको होलि डे तत्काल बन्द गर्नु पर्ने , खुल्ला सिमानाबाट दैनिक दुध आइरहेको हुदा त्यस तर्फ तत्काल ध्यान दिनु पर्ने लागयतका मागहरु रहेका छन ।

Nabintech