७ जेष्ठ २०८१, सोमबार
कोहलपुरमा छात्रा उपमेयर क्रिकेट प्रतियोगिता सुरु

  • टाइम्स संवाददाता

  • १६ फाल्गुन २०८०, बुधबार १८:३०

कोहलपुर : कोहलपुर नगरस्तरिय छात्रा क्रिकेट कप सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुर छात्रा उपमेयर कप आजदेखि सुरु भएको हो । उपमेयर कपको उदेघाटन कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य किशोर सिंह राठौरले कोहलपुरमा प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतीका लागि आफ्नो तर्फबाट पहलको प्रतिबद्धता जनाएका छन् । उनले आफु यस क्षेत्रको खेलमा समेत निकै संबेदनशिल भएको उल्लेख गर्दै कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतीको लागि चिन्तित रहेको समेत जिकिर गरे । कोहलपुर नगरपालिकाको आयोजना , नगर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा बुधवारदेखि कोहलपुरमा सुरु भएको छैठौं अन्तर मा वि स्तरीय उपमेयर यु १९ छात्रा क्रिकेट प्रतियोगिताको उद्घाद्घाटन सत्रलाई सम्वोधन गर्दै राठोरले कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतीसँगै नेपालगन्जमा पनि थप क्रिकेट मैदानका लागि आफुले पहल गरि रहेको बताए । कुनै बेला महिला क्रिकेटरको उर्वर भूमि का रुपमा चिनिएको बाँकेमा अहिले महिला क्रिकेटरको अभाव भएको पाइएको भन्दै उनले विद्यालय स्तरीय यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे । पछिल्लो समय युवाहरु विभिन्न दुव्र्दुयसनमा फसेको स्मरण गरेका उनले यस्ता प्रतियोगिताले अनुशासित र स्वस्थ राख्न पनि सहयोग पुर्याउने धारणा व्यक्त गरे । बाँके क्षेत्र नं ३ बाट प्रतिनिधि सभा मा निर्वाचित राठौंरले खेलकुद क्षेत्रमा कोहलपुर नगरपालिकाले गरिरहेको लगानी प्रति प्रशंसा व्यक्त गरेका थिए ।
यसै गरी लुम्विनी प्रदेश सभा सदस्य सञ्जु कुमारी थारुले कोहलपुर क्रिकेट मैदान लुम्विनी प्रदेशको पहिचनसँग पनि जोडिएकाले यसको स्तरोन्नती र संरक्षण जरुरी रहेको बताइन् । उनले महिला क्रिकेटरको पहिचान कोहलपुर क्रिकेट मैदानसँग जोडिएकाले पनि यसको संरक्षण, सम्वर्धनर्ध र प्रवर्धनर्ध मा आफ्नो तर्फबाट पहल हुने प्रति बद्धता जनाइन् । उनले महिला क्रिकेटरहरुको उत्पादन र भएका खेलाडीहरुलाई समेत संरक्षण गर्ने दायित्व राज्यको रहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण समेत गराइन् ।   यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा पूर्व कप्तान एलवी क्षेत्रीले बाँकेको पहिचानसँग जोडिएको  प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको व्यवस्थापनमा संघीय सरकारलाई दवाव दिन राठौरको ध्यानाकर्षण गराएका थिए
कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले महिला क्रिकेटरहरु उत्पादनका लागि प्रतियोगिता उपयो गी हुनेमा जोड दिइन् ।
९ दिनसम्म चल्ने प्रतियोगितामा सामुदायिक र संस्थागतगरी १८ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले जानकारि दिए ।

Nabintech