२१ बैशाख २०८१, शुक्रबार
पक्राउ परेका लघुवित्त पीडितमाथि मुद्दा नचलाउन एमालेको ध्यानाकर्षण

  • टाइम्स संवाददाता

  • १७ फाल्गुन २०८०, बिहीबार ०७:५४

काठमाडौँ :  प्रमुख प्रतिपक्ष दल नेकपा९एमाले०ले गत सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितहरुलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ।

बुधवार नेकपा ९एमाले०का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले संसदीय दलका सचेतक महेश बर्तौलालगायत एमाले संसदीय दलको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेट गर्दै यस्तो ध्यानाकर्षण गराएको हो। गत सोमवार लघुवित्त पीडितहरुको एक समूह संसद भवन परिसर पसेर नाराबाजी गरेसँगै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। हाल उनीहरुलाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको छ।

एमालेले लघुवित्त पीडितहरुलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरुलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ। सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरु न्यायको लागि आन्दोलनरत रहेका बताउनुभयो। उनीहरु सुरक्षा संयन्त्रका कमजोरीका कारण संसद भवनभित्र प्रवेश गरेकाले मुद्दा चलाउन नहुने बर्तौलाको भनाई छ।

दोषी देखिने सुरक्षा संयन्त्रका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने उनले बताए। त्यस्तै संसद भवन परिसर र सिंहदरबार परिसरमा बार लगाएर निषेधित क्षेत्र तोकिएकोप्रति पनि एमालेले असन्तुष्टि व्यक्त गरेको छ। सुरक्षा संयन्त्रलाई बलियो बनाउँदै ती स्थानहरुको तारबार हटाउन पनि गृहमन्त्रीलाई आग्रह गरिएको समेतक बर्तौलाले बताउनुभयो ।

एमालेले मिटरब्याज पीडितहरु हिँडेरै काठमाडौँसम्म आन्दोलनका लागि आएका भन्दै उनीहरुको माग सम्बोधन गर्ने सुनिश्चितताका साथ घर फर्काउने वातावरण बनाउन पनि माग गरिएको छ।  सचेतक बर्तौलाले गृहमन्त्रीले लघुवित्त पीडितहरुलाई सहज रुपमा रिहाइ गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए। त्यस्तै निषेधित क्षेत्र भनि तारबार गरिएको सम्बन्धमा पनि आफ्नो ध्यानाकर्षण भएको गृहमन्त्रीले बताएको बताउनुभयो।

आफूहरुको कुरालाई सुनुवाई नभएमा यि विषयहरु आगामी संसद बैठकमा पनि उठाउने सचेतक बर्तौलालेबताउनुभयो।

Nabintech