२१ बैशाख २०८१, शुक्रबार
उपमेयर यु १९ छात्रा क्रिकेटः गोर्खा युनाइटेड र ग्रिनपिसको विजयी सुरुवात

  • टाइम्स संवाददाता

  • १७ फाल्गुन २०८०, बिहीबार ०७:५८

कोहलपुर: कोहलपुरमा बुधवारदेखि सुरु भएको छैठौं अन्तर मावि स्तरीय उपमेयर यु १९ छात्रा क्रिकेट प्रतियोगितामा गोर्खा युनाइटेड र ग्रिनपिसले विजयी सुरुवात गरेका छन् । गोर्खा युनाइटेडले दिपज्योति विद्याश्रमलाई ९ विकेटले हरायो भने सिद्धार्थ माविलाई ग्रिनपिसले ८ विकेटले पराजित ग¥यो । पहिलो खेलमा दिप ज्योतिले अतिरिक्त ६५ रनको मद्दतमा गोर्खालाई ७४ रनको विजय लक्ष्य पेश गरेको थियो । १७।३ ओभरमा सबै विकेट गुमाउँदै दिप ज्योतिले ७३ रन बनायो । विना मस्यांग्रीले ५ र जानकी मगरले ४ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले रन बनाउन सकेनन् ।

दिप ज्योतिले अतिरिक्त ६५ रन प्राप्त ग¥यो । गोर्खाका लागि घर्ति विष्ट मगरले तीन तथा दिपशिखा रानाभाट र विपसा वलीले समान दुई विकेट चट्काए । ७४ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको गोर्खाले एक विकेट गुमाएर लक्ष्य भेट्टायो । गोर्खाका लागि विपिसा वलीले चार चौकाको मद्दतमा ३४ रन र घर्ति विष्टको दुई चौकाको मद्दतमा १२ रनको महत्वपूर्ण योगदान गरिन् । विपिसा वली प्लेयर अफ द म्याच घोषित भइन् । यस्तै दोस्रो खेलमा ग्रिनपिस माविले विजयी भयो । टस जितेर ब्याटिङ गरेको सिद्धार्थ माविले निर्धारित २० ओभरमा अतिरिक्त ५५ रनको मद्धतमा ७६ रन बनायो । जेनिशा शाहीले १२, पिंकी थारुले ५ र रोशनी सेजवालले २ रन बनाए ।

अन्य ब्याटरले रन जोड्न सकेनन् । ग्रिनपिसका लागि लक्ष्मी वली, रितु पोख्रेल र सुष्मा बुढाले समान दुई विकेट लिए । ७६ रनको विजयी लक्ष्य पछ्याएको ग्रिनपिसले दुई विकेट गुमाएर लक्ष्य हासिल ग¥यो । लक्ष्मी वलीले १२, जागृती थापाले ११, विन्दु बोहराले ११ र स्वस्तीका बुढाले ३ रन बनाए । जेनिशा प्लेयर अफ द म्याच घोषित भइन् । कोहलपुर नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा बुधवारदेखि सुरु भएको प्रतियोगितामा १८ विद्यालयले सहभागिता जनाएका छन् ।

Nabintech