२१ बैशाख २०८१, शुक्रबार
अब मलेसियामा अबैध बसेका नेपाली घर फर्कन सक्ने

  • टाइम्स संवाददाता

  • १८ फाल्गुन २०८०, शुक्रबार १३:२०

मलेसिया  : मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई आजदेखि २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम रहेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

यस कार्यक्रम अन्तर्गत स्वदेश फर्कन मलेसियामा विना भिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेकाको हकमा ५ सय मलेसियन रिङ्गिट जरिवाना र भिषाको नियम उल्लङ्घन गरी मलेसियामा बसेकाहरूको हकमा ३ सय मलेसियन रिङ्गिट जरिबाना तिर्नुपर्न हुन्छ । मलेसियामा अवैधानिक रुपमा बसेका नेपालीलाई यो मौकाको फाइदा उठाएर स्वदेश फर्कन दूतावासले आग्रह गरेको छ

Nabintech