७ जेष्ठ २०८१, सोमबार
सडकको काम समयमा सकिएन

  • टाइम्स संवाददाता

  • १८ फाल्गुन २०८०, शुक्रबार १३:२५

कैलाली   :  कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने काम थपिएको समयमा पनि पूरा हुन सकेको छैन । पहिलो सम्झौता अनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ । म्याद थपिएको एक वर्ष बितिसक्दा पनि सडक निर्माण सकिएको छैन । हुलाकी राजमार्गअन्तर्गत दुईवटा सडक स्तरोन्नतिको काम भइरहेको छ ।उत्तर–दक्षिण लम्की–खक्रौला सडक र पूर्वपश्चिम धनगढी–सत्ती सडकको स्तरोन्नतिको काम भइरहेको हो ।

Nabintech