२५ बैशाख २०८१, मंगलवार
आजको मौसम : हल्का वर्षाको सम्भावना

  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०८०, शनिबार ०८:०८

काठमाडौं –  नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, भोलि आइतबार देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै स्थानहरूमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

Nabintech