२५ बैशाख २०८१, मंगलवार

  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०८०, शनिबार १०:५८

झापामा स्थानीय र सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलबीच झडप भएको छ ।  मेचीनगर नाका नजिकै सामान ओेसारपसार गर्दै आएका स्थानीयसँग सशस्त्रको झडप भएको बताइएको छ । घटनामा सशस्त्र प्रहरीसहित सात जना घाइते भएका छन् । तीमध्ये सशस्त्र प्रहरीका सवारी चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी भारतबाट अवैध रुपमा सामान ल्याउँदै गर्दा सशस्त्रले उनीहरुलाई रोक्न खोज्दा झडप भएको हो । त्यसपछि स्थानीयले आक्रमण गरेको सशस्त्रले जनाएको छ ।  घाइतेहरुको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकामा दीपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईं, दीपक बातर र आनह यादव हुन् ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाको टोलीसँग स्थानीयको झडप भएको हो ।

Nabintech