२४ बैशाख २०८१, सोमबार
डिजिटल कर्णाली कन्क्लेभ २०२४ वीरेन्द्रनगरमा सुरु

  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०८०, शनिबार ११:०३

सुर्खेत :  डिजिटल कर्णाली बारे वृहत छलफल हुँदै डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरू भएको छ । कर्णाली प्रदेश सरकार र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको दुईदिने कन्कलेभको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले डिजिटल प्रविधिबाट पानसमा दिप प्रज्वलन गरी कन्क्लेभ शुभारम्भ गर्नु भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले प्रविधिको विकास गरेर मात्र कर्णालीलाई माथि उठाउन सकिने बताउनुभयो । कर्णालीको भूवनोट, यहाँको विकास आदिलाई ध्यान दिएर प्रवीधिको विकास नगरेर अहिलेको आवश्यकता पुरा गर्न कठिन छ । प्रवीधिको भरपुर उपयोग गर्नुपर्ने छ ।’ कर्णालीमा हुने विकासलाई प्रविधी जोड्नुपर्ने चुनौति रहेको छ मुख्यमन्त्री शर्माले भन्नुभयो ।।।कर्णाली प्रदेशले प्रदेशस्तरमा पहिलो पटक यस्तो खालको कन्क्लेभ आयोजना गर्दैछ । अब प्रविधिको प्रयोग नगरेर
कर्णालीलाई माथि उठाउन सक्दैनौं,। ’ । डिजिटल कर्णाली बनाउनु पर्छ भन्ने कुरामा म कत्ति बिचलित छैन् । आउँदो १० वर्षमा हरेक क्षेत्रबाट कर्णालीलाई हेर्न लायक बनाउने शर्माको भनाई छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसीले २ दिने कन्क्लेभले नीतिगत मार्गदर्शन र सुदृढमा सघाउने बताउनु भयो । उहाले भन्नुभयो ।।। कर्णाली प्रदेश सरकारले दोश्रो पञ्चवर्षिय योजना निर्माण गर्ने संघारमा डिजिटल कन्कलेभ आयोजना गर्दा नीति निर्माणमा सहयोग पुग्ने छ । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले उत्पादन र आर्थिक गतिवीधि संग प्रवीधिलाई जोडेर लैजानुपर्नेमा जोड दिनुभयो । वागमती प्रदेशका कानुन मन्त्री गंगानारायण श्रेष्ठले शहर केन्द्रीत प्रविधीलाई ग्रामिण क्षेत्रमा विस्तार गर्नुपर्ने वताउनुभयो । २ दिने कार्यक्रममा डिजिटल पूर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट, डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्बन्धमा कन्क्लेभमा चारवटा किनोट प्रस्तुति र ६ वटा प्यानल शेसन छन् ।

Nabintech