२२ बैशाख २०८१, शनिबार
कोहलपुरमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०८०, शनिबार १५:३१

कोहलपुर : कोहलपुर नगर पालिकाको आयोजना, रेसिङ साहारा कल्बको समन्वय र एन्फाको प्राबिधिक सहयोगमा आजबाट कोहलपुरमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ।
कोहलपुर नगरपालिका सामाजिक बिकास समिती संयोजक ईश्वरि बिकको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले गरेका थिय। उदघाटन मन्तव्य राख्दै प्रमुख अतिथी आचार्यले खेलकुद क्षेत्रको बिकाश र प्रबर्द्धनका लागि कोहलपुर नगरपालिकाले प्रयाप्त बजेट छुट्टाउने बिनियोजन गर्ने बताए। सो अवसरमा बोल्दै आचार्यले टोलटोल बाट खेलाडी र प्रशिक्षक उत्पादन गर्ने आफ्नो उदेश्य रहेको बताए।

 


कार्यक्रममाएन्फा प्राबिधिक निर्देशक हरि खडका ,जिल्ला समन्वय समिती बाकेका उपप्रमुख सीता कार्की ,लगायतको सहभागिता रहेको थियो। कोहलपुर नगर पालिका उपप्रमुख सङिता सुवेदीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा साहारा रेसिङ कलबको तर्फबाट राम बहादुर मल्ल,एन्फा केन्द्रिय सदस्य भोजराज शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए। प्रशिक्षणमालुम्बिनी प्रदेशबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहने छ। प्रशिक्षण फागुन १९ देखि २२ गते सम्म जारी रहने कार्यक्रम समन्वयकर्ता कर्ण बहादुर बस्नेतले बताए।

Nabintech