२३ बैशाख २०८१, आईतवार
कोहलपुरबाट एक जनालाई पक्राउ

  • टाइम्स संवाददाता

  • २० फाल्गुन २०८०, आईतवार २०:१८

कोहलपुर  : इलाका प्रहरी कार्यालय कोहलपुरले एक महिलालाई घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

महिलाको घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुर प्रहरीले कोहलपुर नगरपालिका वडा २ मुक्तिनगरका ४५ वर्षीय रामसिंह थारुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

थारुले फागुन १७ गते रातिको समयमा बारबर्दिया नगरपालिका –९ बनगाइकी २७ वर्षीया उर्मिला चौधरीलाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले मृतक चौधरीको शव फागुन १८ गते बैजनाथ गाउँपालिका –५ स्थित बनकट्टीदेखि जिगाउँ जाने भित्री पक्की बाटोको किनारामा फेला पारेको थियो ।

Nabintech