२१ बैशाख २०८१, शुक्रबार
गठबन्धन संकटमा : बालुवाटरमा प्रचण्ड, ओली र रवि बीच छलफल

  • टाइम्स संवाददाता

  • २१ फाल्गुन २०८०, सोमबार ०६:४७

काठमाडौँ –  वर्तमान सत्ता गठबन्धन लगभग टुट्ने भएको छ । गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएर एमाले प्रवेश गर्ने भएको हो । राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिने सहमति चुनाव अघि भएको भए पनि अहिले सो पदमा माओवादीले दाबी गरेपछि यी दुई पार्टीबीच खटपट सुरु भएको थियो ।  यो खटपट अब मन्त्रिमण्डल नै परिवर्तनसम्म पुगेको बताइएको छ । अहिले एमाले माओवादी अध्यक्ष प्रचण्डसँग नजिकिएको छ । जसका कारण अब माओवादीको नेतृत्वको सरकारबाट कांग्रेस निस्किने भएको छ ।

हिजो साँझ बालुवाटारमा एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रवि लामिछाने पुगेर प्रधानमन्त्री प्रचण्डसँग सत्ताको बाँडफाँडकै बारेमा कुराकानी गरेको समाचार स्रोतले जनाएको छ । समाचार स्रोतका अनुसार साँझको बैठकमा एमाले, रास्वपा र उपेन्द्र यादवको पार्टी जसपा सरकारमा जाने विषय समेत छलफल भएको छ ।

त्यसैगरी साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएर सत्ताबाट हट्नुपर्ने पनि हुनसक्ने संकेत गरेका थिए । अध्यक्ष ओलीले सो सत्ता गठबन्धन जसरी पनि टुट्नुपर्ने बताउनुभएको छ भने जनकपुर पुगेर उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सत्ता गठबन्धन आफ्नै कारणले भत्किने बताउनुभएको थियो ।

Nabintech